गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरूले अब ओम हस्पिटल एण्ड रिसर्च सेन्टर तथा कान्तिपुर डेन्टल हस्पिटल (केडिसी) एण्ड रिसर्च सेन्टरमा विभिन्न स्वास्थ्य सेवामा आकर्षक छुट प्राप्त गर्ने भएका छन्। यस सम्बन्धमा बैंकले दुवै स्वास्थ्य संस्थासँग छुट प्रदान गर्ने सम्झौता सम्पन्न गरेको जनाएको छ। सम्झौताअनुसार बैंकका ग्राहकहरूले ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा सिटी स्क्यान, एक्स–रे लगायत अन्य स्वास्थ्य सेवामा अधिकतम १० प्रतिशतसम्म छुट पाउनेछन्। त्यस्तै, कान्तिपुर डेन्टल हस्पिटल (केडिसी) मा बेड शुल्कमा १५ प्रतिशत तथा अन्य सेवामा १० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।

कान्तिपुर डेन्टल हस्पिटलले प्रदान गर्ने सुविधा काठमाडौंको बसुन्धारा, सुन्दरबस्ती र सतुंगलका शाखासहित पोखरा, नारायणगढ, भरतपुर र बुटवलस्थित शाखाबाट पनि लिन सकिनेछ। गरिमा विकास बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ तथा डेबिट/क्रेडिट कार्डमार्फत बिल भुक्तानी गर्दा उल्लेखित दुवै अस्पतालबाट सहज रूपमा छुट प्राप्त गर्न सक्नेछन्। हाल बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम तथा आधुनिक डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

तपाईको प्रतिक्रिया