भाट–भटेनी सुपरमार्केट अन्तर्गत पोखरामा रहेको सुपरस्टोर आजदेखि पुनः सञ्चालनमा आएको छ। कम्पनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेल का अनुसार, स्टोर बिहान १० बजेदेखि नियमित रूपमा खुला रहनेछ।
केही समयदेखि बन्द रहेको स्टोर पुनः सञ्चालनमा आएसँगै स्थानीय उपभोक्ताहरूलाई सहज किनमेल सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ। कम्पनीले गुणस्तरीय सामग्री र आधुनिक सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याउँदै उपभोक्ताहरू, शुभेच्छुक तथा सरोकारवालाहरूको सहयोगप्रति आभार व्यक्त गरेको छ।
आगामी दिनमा पनि सेवा विस्तार र गुणस्तर सुधारमा केन्द्रित रहने कम्पनीको योजना रहेको छ।

Online Arthik










