सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी जेठ १७ गते बिहान ११ बजे नवलपरासीस्थित द नारायणी रिसोर्ट मा आफ्नो नवौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। वैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। सभामा सञ्चालकहरूको पारिश्रमिक, भत्ता तथा सुविधा सम्बन्धी नियमावली संशोधन गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ। साथै, भविष्यमा अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जर वा प्राप्ति (एक्विजिसन) गर्ने प्रयोजनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न निर्देशन आएमा सोही बमोजिम परिवर्तन गर्न सक्ने अधिकार समेत दिने प्रस्ताव पारित गरिनेछ। यसका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र सो अवधिको सम्पूर्ण वित्तीय विवरणहरू पनि सभाबाट अनुमोदन गरिनेछन्। साधारण सभा प्रयोजनका लागि संस्थाले जेठ ५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअनुसार सो मितिसम्म कायम रहेका सेयरधनीहरूले मात्र सभामा सहभागी हुन पाउनेछन्।

Online Arthik










