नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन गर्न आज राष्ट्रिय प्रज्ञा प्रतिष्ठान मा मतदान भइरहेको छ। सोमबार महासंघको ६० औँ वार्षिक साधारणसभा उद्घाटन भइसकेको थियो। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकाले अन्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन्। यद्यपि उपाध्यक्ष र कार्यकारिणी समिति सदस्य पदका लागि भने प्रतिस्पर्धात्मक मतदान भइरहेको छ। चुनावमा दुई प्यानल—हेमराज ढकालशिव प्रसाद घिमिरे—बीच प्रतिस्पर्धा छ। ढकाल पक्षले वरिष्ठ उपाध्यक्षमा ढकाललाई उम्मेदवार बनाइसकेको छ, जसले जितेमा भविष्यमा स्वतः अध्यक्ष बन्नेछन्। महासंघका अध्यक्ष चन्द्र ढकाल र वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ लगायतले मतदान गरिसकेका छन्।

तपाईको प्रतिक्रिया