लक्ष्मी सनराइज बैंकले विश्व बैंक समूहअन्तर्गतको संस्था इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी) सँग ‘बैंकिङ अन वुमन’ पहलअन्तर्गत सहकार्य सम्झौता गरेको छ । उक्त कार्यक्रममा ‘वुमन इन्टरप्रेनर्स फाइनान्स इनिसियटिभ’ (वी–फाई) को सहयोग रहेको छ ।
सम्झौताअनुसार आईएफसीले बैंकलाई महिला उद्यमीसँग सम्बन्धित लैङ्गिक आधारमा विभाजित तथ्यांक (एसडीडी) को संकलन, विश्लेषण तथा उपयोगमा सहयोग गर्नेछ । यसबाट महिला नेतृत्वमा रहेका साना तथा मझौला उद्यमहरूको आवश्यकता र चुनौतीबारे स्पष्ट बुझाइ विकास हुने विश्वास गरिएको छ ।
सम्झौतामा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराई तथा आईएफसीका दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरेका थिए । बैंकका अनुसार यो सहकार्यले महिला उद्यमीका लागि थप प्रभावकारी वित्तीय सेवा विकास गर्न सहयोग पुग्नेछ ।

Online Arthik










