सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ३६ करोड ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ३५ करोड ७६ लाख ४८ हजार रुपैयाँ रहेको थियो । यसअनुसार कम्पनीको नाफा ०.६६ प्रतिशतले वृद्धि भएको छ ।

चालु आवको चैत मसान्तसम्म कम्पनीले ५ अर्ब ९४ करोड ३० लाख रुपैयाँ खुद बीमा शुल्क तथा ६ अर्ब २१ करोड ९८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो खुद बीमा शुल्क ४ अर्ब ८१ करोड ६२ लाख रुपैयाँ र कुल बीमा शुल्क ५ अर्ब ८ करोड २५ लाख रुपैयाँ रहेको थियो ।समीक्षा अवधिमा कम्पनीले ५ अर्ब ८७ करोड ६७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी भुक्तानी ४ अर्ब ८५ करोड ३७ लाख रुपैयाँ रहेको थियो ।चालु आवको ९ महिनामा कम्पनीको कुल आम्दानी ७ अर्ब ५८ करोड ९० लाख रुपैयाँ पुगेको छ भने कुल खर्च ७ अर्ब २० करोड ९० लाख रुपैयाँ रहेको छ । गत वर्ष चैतसम्म कम्पनीले ६ अर्ब ३१ करोड ९३ लाख रुपैयाँ कुल आम्दानी गर्दै ५ अर्ब ९६ करोड १७ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा २६ करोड ६३ लाख रुपैयाँ, सञ्चित नाफा ४७ करोड ९ लाख रुपैयाँ, अन्य इक्विटी ३७ करोड १२ लाख रुपैयाँ तथा जीवन बीमा कोष २४ अर्ब ५५ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी  ९.६० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३१.१७ रुपैयाँ तथा मूल्य आम्दानी अनुपात  ४८.५४ गुणा रहेको छ ।

तपाईको प्रतिक्रिया