नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ बढेको छ । आज सुनको मूल्य प्रतितोला ४ हजार ४ सय रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५ हजार ६९५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको तुलनामा प्रतितोला ३५५ रुपैयाँले बढी हो ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ७११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Online Arthik










