डोनाल्ड ट्रम्पले बेइजिङस्थित स्वर्गको मन्दिर पुगेर चीनको प्रशंसा गरेका छन् । फोटो सेसनका क्रममा ट्रम्पले भने, “उत्कृष्ट ठाउँ, अविश्वसनीय। चीन धेरै सुन्दर छ ।”

टेम्पल अफ हेभन चीनको ऐतिहासिक धार्मिक तथा सांस्कृतिक परिसर हो । यहाँ मिङ र चिङ राजवंशका सम्राटहरूले राम्रो उब्जनीका लागि प्रार्थना तथा धार्मिक अनुष्ठान गर्ने परम्परा रहँदै आएको विश्वास गरिन्छ । ट्रम्पको भ्रमणअघि उक्त परिसर दुई दिनका लागि सर्वसाधारणलाई बन्द गरिएको थियो ।

पत्रकारहरूले दुवै नेतालाई ताइवानसम्बन्धी छलफलबारे प्रश्न सोधे पनि ट्रम्प र सी जिनपिङले त्यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।सी जिनपिङले ट्रम्पसँग करिब दुई घण्टा लामो बैठकपछि अमेरिकी व्यापारिक नेताहरूसँग पनि भेटवार्ता गरेका थिए । उनले अमेरिकी कम्पनीहरूका लागि चीनको बजार अझ खुला बनाइने र त्यहाँ ठूलो अवसर उपलब्ध हुने बताएका छन् ।

ट्रम्पले लामो समयदेखि चीनलाई थप अमेरिकी वस्तु खरिद गर्न दबाब दिँदै आएका छन् ।

तपाईको प्रतिक्रिया