भारत सरकारले चिनीको निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ। वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गत विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनाअनुसार कच्चा, सेतो र प्रशोधित चिनीको निर्यात अब २०२६ सेप्टेम्बर ३० सम्म वा अर्को आदेश नआएसम्मका लागि रोकिएको छ।
सरकारले आन्तरिक बजारमा चिनीको पर्याप्त आपूर्ति सुनिश्चित गर्न र मूल्यवृद्धि नियन्त्रण गर्न यो निर्णय गरेको जनाएको छ। यसअघि ‘प्रतिबन्धित’ श्रेणीमा रहेको चिनीलाई अब ‘निषेधित’ श्रेणीमा राखिएको छ।
तर युरोपेली संघ र अमेरिकासँगको कोटा अन्तर्गत हुने निर्यात भने यस प्रतिबन्धबाट प्रभावित नहुने बताइएको छ। साथै अग्रिम अनुमति प्रणालीअन्तर्गत हुने निर्यात पहिलेकै व्यवस्था अनुसार जारी रहने उल्लेख गरिएको छ।

Online Arthik









