प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडलेले आफ्ना सबै विद्यमान बीमितहरूलाई केवाईसी विवरण अनिवार्य रूपमा अद्यावधिक गर्न आग्रह गरेको छ। कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी वित्तीय लगानी निवारणसम्बन्धी कानूनी व्यवस्था २०८२ अनुसार ग्राहक पहिचान विवरण अद्यावधिक गर्नु आवश्यक भएको जनाएको हो। यसका लागि बीमितहरूले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति पत्र र हालसालै खिचिएको फोटोसहित नजिकको शाखा वा उप–शाखामा सम्पर्क गर्नुपर्नेछ। साथै, कार्यालयमा उपस्थित हुन नसक्ने ग्राहकहरूले बीमा अभिकर्ता वा कम्पनीको आधिकारिक फोनमार्फत पनि विवरण अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको छ। कम्पनीले यस प्रक्रियालाई बीमितहरूको हित संरक्षण, सेवा प्रवाहलाई प्रभावकारी बनाउने र भविष्यमा सहज सम्पर्क सुनिश्चित गर्ने उद्देश्यले सञ्चालन गरिएको बताउँदै सबै ग्राहकलाई सकेसम्म छिटो केवाईसी अद्यावधिक गर्न अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया