मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड अवरुद्ध भएको छ। म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा शनिबार साँझ रूख ढलेपछि करिब ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकमा सिधा यातायात सम्पर्क विच्छेद भएको हो। सडक अवरुद्ध भएपछि बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारी साधन बीच बाटोमै रोकिएका छन्, जसले स्थानीयवासी तथा मुस्ताङ घुम्न र मुक्तिनाथ दर्शनका लागि जाने–आउने पर्यटक र तीर्थयात्रीहरू प्रभावित भएका छन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार सडक विभागका उपकरण, सुरक्षाकर्मी र मजदुर परिचालन गरी अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ।

Online Arthik










