सरकारले इस्लाम धर्मावलम्बीहरूको प्रमुख पर्व बकर ईदका अवसरमा जेठ १४ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै नेपाल राजपत्रमा प्रकाशित निर्णयअनुसार उक्त दिन सार्वजनिक बिदा रहने जनाएको हो। मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार २०८३ साल जेठ १४ गते बुधबार बकर ईद पर्व परेको उल्लेख गरिएको छ। मन्त्रालयले यस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई शुभकामना पनि व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया