नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा वृद्धि हुने क्रम जारी रहेको छ। साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यमा थप वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेको छ। यससँगै सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार २०० रुपैयाँ पुगेको छ। अब उपभोक्ताले एक तोला सुन खरिद गर्न सोही रकम खर्च गर्नुपर्ने भएको छ।यसअघि शुक्रबार पनि सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँले वृद्धि भएको थियो। उक्त दिन छापावाल सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार आइतबार चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेर ४ हजार ८९५ रुपैयाँ पुगेको छ। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ८४० रुपैयाँमा कारोबार भएको थियो।यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५१ हजार ३७० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरू बताउँछन्।

तपाईको प्रतिक्रिया