सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले जेठ २८ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ७ लाख ५ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गरेको हो।

यसअघि कम्पनीले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि वैशाख २१ गतेदेखि २५ गतेसम्म ८५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो। उक्त सेयर बाँडफाँडपछि बाँकी सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो। सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी’ इस्युयर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका तोकिएका शाखामार्फत आवेदन दिन सक्नेछन्। साथै, ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदनको सुविधा पनि उपलब्ध छ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी Global IME Capital Limited ले सम्हालेको छ।

तपाईको प्रतिक्रिया