सालपा विकास बैंकको सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयरको लक-इन अवधि समाप्त हुने भएको छ। बैंकका अनुसार नेपाल धितोपत्र बोर्ड (सेबोन) को व्यवस्था बमोजिम सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको सेयर सर्वसाधारणमा निष्काशन तथा बाँडफाँड भएको मितिले ६ महिनासम्म लक-इनमा राख्नुपर्ने प्रावधान छ।

उक्त व्यवस्था अनुसार सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको ८६ हजार १९४ कित्ता सेयरको लक-इन अवधि आगामी असार २४ गतेपछि सकिने भएको हो। लक-इन अवधि समाप्त भएसँगै ती सेयरहरू दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछन्। बैंकले सेयरधनी तथा लगानीकर्तालाई यसबारे जानकारी गराएको छ। सालपा विकास बैंकको सेयर रजिष्ट्रारको काम ग्लोबल आ.इ.एम.इ क्यापिटल लिमिटेडले गर्दै आएको छ।

तपाईको प्रतिक्रिया