सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को सचिवालय बैठक सुरु भएको छ। पार्टीको केन्द्रीय कार्यालय चमतिमा सुरु भएको बैठकबारे सभापति रवि लामिछानेको सचिवालयले जानकारी दिएको हो।
सचिवालयका अनुसार बैठकमा पार्टीको आसन्न प्रथम महाधिवेशनको तयारी, व्यवस्थापन तथा समसामयिक संगठनात्मक विषयमा विस्तृत छलफल भइरहेको छ। बैठकमा सचिवालय सदस्य तथा वरिष्ठ नेताहरूको सहभागिता रहेको जनाइएको छ। यद्यपि
वरिष्ठ नेता एवं बालेन शाहको भने बैठकमा उपस्थिति नरहेको बताइएको छ।रास्वपाले पहिलो महाधिवेशनको तयारीलाई तीव्र बनाइरहेका बेला बसेको यस बैठकबाट महाधिवेशन व्यवस्थापन, संगठन विस्तार तथा पार्टीको आगामी कार्यदिशासम्बन्धी महत्वपूर्ण निर्णयहरू आउने अपेक्षा गरिएको छ।

Online Arthik









