एभरेष्ट कलर लिमिटेड को प्राथमिक सेयर (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ। कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओको बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले आज बिहान सम्पन्न गरेको हो। कम्पनीले जेठ २२ देखि जेठ २७ गतेसम्म सर्वसाधारणका लागि कुल ६ लाख ५५ हजार ७०० कित्ता सेयर निष्कासन गरेको थियो। बाँडफाँड प्रक्रियामा देखिएको उच्च मागका कारण यो आईपीओ अत्यधिक प्रतिस्पर्धात्मक बनेको छ। प्राप्त विवरणअनुसार २६ लाख ८७ हजारभन्दा बढी लगानीकर्ताले आवेदन दिएका थिए भने तीमध्ये २६ लाख ४१ हजारभन्दा बढी आवेदन सदर भएको जनाइएको छ। गोलाप्रथा विधिबाट गरिएको बाँडफाँडअनुसार सदर आवेदकमध्ये ६५ हजार ५७० जनाले १०–१० कित्ता सेयर प्राप्त गरेका छन्। बाँकी ठूलो संख्याका आवेदकहरू भने यसपटक सेयर पाउनबाट वञ्चित भएका छन्।
आईपीओको नतिजा लगानीकर्ताले मेरो शेयर तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडको आधिकारिक वेबसाइटमार्फत हेर्न सक्ने व्यवस्था गरिएको छ।

Online Arthik









