नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार दोस्रो दिन पनि घटेको छ।   अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावको प्रभाव स्थानीय बजारमा समेत परेपछि सुन र चाँदी दुवैको भाउ ओरालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेर २ लाख ९७ हजार २ सय रुपैयाँ कायम भएको छ।अघिल्लो दिन अर्थात् हिजो सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेर २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।यसअघि लगातार तीन दिनसम्म सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको थियो।  ती तीन दिनमा मात्रै सुनको भाउ कुल ६ हजार ५ सय रुपैयाँले बढेको थियो।तर, पछिल्ला दुई दिनमा भने बजारमा सुधार देखिँदा सुनको मूल्य घट्न थालेको हो।त्यसैगरी चाँदीको मूल्यमा पनि गिरावट आएको छ।  महासंघका अनुसार आज चाँदीको भाउ प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ९४५ रुपैयाँ कायम भएको छ।   सुनसँगै चाँदीको मूल्य पनि अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण घटेको व्यवसायीहरू बताउँछन्।

यद्यपि हालको मूल्य विगतका केही महिनाअघि कायम भएका ऐतिहासिक रेकर्डभन्दा निकै तल रहेको छ।

 

तपाईको प्रतिक्रिया