नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमा फिफा विश्वकप २०२६ को प्रसारणका लागि हिमालय स्पोर्ट्ससँग सह-प्रायोजकको रूपमा सहकार्य गरेको छ। यस सहकार्यअन्तर्गत फिफा विश्वकप २०२६ का खेलहरू हिमालय स्पोर्ट्स टिभी तथा DIGO App मार्फत प्रसारण हुँदा नेपाल लाइफ पनि साझेदारका रूपमा सहभागी रहनेछ। यस अवसरमा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत अधिकृत श्री प्रवीण रमण पराजुलीले विश्वकै सर्वाधिक लोकप्रिय खेल महोत्सव फिफा विश्वकपसँग आफ्नो ब्राण्ड जोड्न पाउनु गौरवको विषय भएको बताउनुभयो। उहाँले विश्वकपले खेलकुदमार्फत विश्वभरका मानिसहरूलाई एकताबद्ध गर्ने उल्लेख गर्दै यस सहकार्यले नेपाली दर्शकलाई प्रतियोगिताको रोमाञ्च अझ नजिकबाट अनुभव गराउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै, यस सहकार्यमार्फत नेपाल लाइफको ब्राण्ड देशभरका खेलप्रेमीहरूमाझ अझ सशक्त रूपमा स्थापित हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।

Online Arthik










