युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। असार ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि हाल कायम चुक्तापूँजी २ अर्ब ३१ करोड रुपैयाँको ४.२८५७ प्रतिशत बोनस सेयर र ०.२२५६ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको हो। कम्पनीका अनुसार प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ।

तपाईको प्रतिक्रिया