बोस्च गृह उपकरणहरूको दक्षिण एशियाली इकाइ बीएसएच होम अप्लायन्सेस प्रा. लि.ले नेपालमा आफ्नो पहिलो समर्पित बोस्च ब्रान्ड स्टोरसञ्चालनमा ल्याएको छ। नेपालको प्रतिष्ठित व्यावसायिक समूह लक्ष्मी ग्रुपसँगको
सहकार्यमा ललितपुरको जावलाखेलमा स्थापना गरिएको यो स्टोरले नेपाली उपभोक्तालाई बोस्चका प्रिमियम होम अप्लायन्सहरू प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्नेछ। नयाँ स्टोरमा रेफ्रिजेरेटर, वाशिङ मेसिन, डिशवाशर, 
फुड प्रिपरेसन उपकरण तथा बिल्ट–इन किचन समाधानहरू प्रदर्शनमा राखिएका छन्। कम्पनीका अनुसार यो कदम नेपालप्रतिको बोस्चको दीर्घकालीन प्रतिबद्धता र दक्षिण एशियामा विस्तार रणनीतिको महत्वपूर्ण उपलब्धि हो।

नेपालमा प्रिमियम अप्लायन्स बजारप्रति बोस्चको विश्वास

बीएसएच होम अप्लायन्सेस इन्डियाका प्रबन्ध निर्देशक तथा सीईओ सैफ खानले नेपालमा बढ्दो शहरीकरण, परिवर्तनशील जीवनशैली, बढ्दो खर्चयोग्य आय तथा गुणस्तरीय घरेलु उपकरणप्रतिको आकर्षणले प्रिमियम होम अप्लायन्स 
क्षेत्रमा ठूलो सम्भावना सिर्जना गरेको बताए।

उनका अनुसार बोस्च को “जीवनको लागि आविष्कार गरिएको”अवधारणाले दैनिक जीवनलाई सहज बनाउने, टिकाउ तथा उच्च प्रदर्शनयुक्त प्रविधि विकासमा मार्गदर्शन गरिरहेको छ। नेपालमा पहिलो Bosch ब्रान्ड स्टोरसञ्चालन हुनु बजारमा दीर्घकालीन लगानी तथा विश्वस्तरीय प्रविधिको पहुँच विस्तार गर्ने योजनाको हिस्सा रहेको उनले उल्लेख गरे।

फ्रन्ट–लोड वाशिङ मेसिनमा विशेष ध्यान

कम्पनीले नेपालको लन्ड्री बजारलाई आफ्नो प्रमुख प्राथमिकतामध्ये एक मानेको छ। नेपालमा फ्रन्ट–लोड वाशिङ मेसिनले कुल बिक्रीको ७० देखि ८० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने भएकाले बोस्च ले यस क्षेत्रमा उल्लेखनीय अवसर देखेको जनाएको छ।

फ्रन्ट–लोड लन्ड्री प्रविधिमा सात दशकभन्दा बढी अनुभव रहेको Bosch का वाशिङ मेसिनहरू उच्च टिकाउपन, कपडाको सुरक्षा, ऊर्जा दक्षता तथा प्रभावकारी सफाइका लागि परिचित रहेको कम्पनीको दाबी छ।

डिशवाशर बजार विस्तारको तयारी

नेपालमा डिशवाशर प्रयोग अझै प्रारम्भिक चरणमा भए पनि बदलिँदो पारिवारिक संरचना, स्वच्छताप्रतिको बढ्दो चेतना तथा समय बचत गर्ने उपकरणप्रतिको आकर्षणले बजार विस्तारको सम्भावना बढाइरहेको कम्पनीले जनाएको छ।

बोस्च ले विश्वकै अग्रणी डिशवाशर ब्रान्डमध्ये एकका रूपमा उपभोक्ता शिक्षा र प्रविधिमार्फत यो श्रेणीको विकासलाई अघि बढाउने लक्ष्य राखेको छ। कम्पनीका अनुसार डिशवाशरहरूले पानी, ऊर्जा र समय बचत गर्न सहयोग पुर्‍याउने भएकाले आधुनिक जीवनशैलीका लागि उपयोगी समाधान बन्न सक्छन्।

बिल्ट–इन किचन समाधानमा लगानी

नेपालमा मोड्युलर किचन तथा प्रिमियम आवासको लोकप्रियता बढ्दै गएसँगै बोस्च ले बिल्ट–इन ओभन, हब र हुडजस्ता किचन उपकरणहरूमा पनि ध्यान केन्द्रित गरेको छ। कम्पनीका अनुसार यी उपकरणहरू आधुनिक डिजाइन, उन्नत सेन्सर प्रविधि तथा प्रयोगकर्ता–मैत्री सुविधासहित उपलब्ध छन्।

लक्ष्मी ग्रुपको प्रतिक्रिया
गणेश बहादुर श्रेष्ठले बोस्चसँगको सहकार्यलाई थप मजबुत बनाउन पाउँदा खुशी लागेको बताए। उनका अनुसार नेपाली उपभोक्ताहरू विश्वस्तरीय गुणस्तर, नवप्रवर्तन र टिकाउपनयुक्त उत्पादनतर्फ आकर्षित भइरहेका छन् र 
बोस्च ब्रान्ड स्टोरसञ्चालनले यही प्रवृत्तिलाई प्रतिबिम्बित गर्छ।

उनले नेपाल बोस्च को दीर्घकालीन वृद्धि यात्राको हिस्सा बन्दै गएको उल्लेख गर्दै यो सहकार्यले देशको प्रिमियम होम अप्लायन्स बजारको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

व्यापक वितरण सञ्जाल

जावलाखेलस्थित नयाँ स्टोर उपभोक्तालाई प्रत्यक्ष उत्पादन प्रदर्शन, विशेषज्ञ परामर्श तथा आधुनिक रिटेल अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको छ। कम्पनीका अनुसार नेपालभर रहेका ७० भन्दा बढी डिलर साझेदार र २० वटा मोडर्न ट्रेड आउटलेटहरूको सञ्जाललाई यो स्टोरले थप मजबुत बनाउनेछ।

आगामी दिनमा बोस्च ले आफ्टर–सेल्स सेवा विस्तार, उपभोक्ता शिक्षा, उत्पादन पोर्टफोलियो वृद्धि तथा रिटेल उत्कृष्टतामार्फत नेपाली बजारमा आफ्नो उपस्थिति थप सुदृढ बनाउने योजना बनाएको छ।

तपाईको प्रतिक्रिया