सोलु हाईड्रोपावर लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याएको ५ लाख कित्ता साधारण सेयरको लक–इन अवधि साउन ११ गते समाप्त हुने भएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार जारी पूँजीको १० प्रतिशत बराबर १ करोड कित्ता साधारण सेयर निष्कासन गरेको थियो। तीमध्ये ५ प्रतिशत अर्थात् ५ लाख कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको थियो। सर्वसाधारणमा सेयर बाँडफाँड भएको मितिदेखि लागू हुने ६ महिनाको लक–इन अवधि पूरा भएपछि साउन ११ गतेदेखि उक्त सेयरको लक–इन स्वतः समाप्त हुनेछ।

लक–इन अवधि सकिएसँगै सम्बन्धित सामूहिक लगानी कोषहरूले ती सेयरहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत प्रचलित नियमअनुसार किनबेच गर्न सक्नेछन्।

तपाईको प्रतिक्रिया