र तीन कारोबार दिनदेखि घटिरहेको सुनको मूल्यमा शुक्रबार सुधार देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानीय बजारमा सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको छ।

आज छापावाल सुन प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ३९ हजार २८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यसअघि बिहीबार सुनको मूल्य प्रतितोला ५ हजार २ सय रुपैयाँले घटेर २ लाख ७८ हजार ३ सय रुपैयाँमा झरेको थियो।

यता चाँदीको मूल्य भने आज घटेको छ। चाँदी प्रतितोला ५५ रुपैयाँले सस्तिएर ४ हजा १८० रुपैयाँमा कारोबार भइरहेको छ

तपाईको प्रतिक्रिया