नेपालमा पछिल्लो तीन वर्षमा ९ लाख ९७ हजार ५३८ विदेशी नागरिकले आन्तरिक हवाई उडानमार्फत यात्रा गरेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुद्ध एयरलाइन्स र यति एयरलाइन्समार्फत उनीहरूले देशका विभिन्न आन्तरिक विमानस्थलमा यात्रा गरेका हुन्।

सोही अवधिमा ९२ लाख २७ हजार २२५ नेपाली यात्रुले पनि देशभरका विभिन्न विमानस्थलबाट हवाई सेवा उपयोग गरेका छन्। प्राधिकरणका तथ्यांकअनुसार सन् २०२४ मा बुद्ध एयरलाइन्सबाट २५ लाख ६३ हजार ८८५ नेपाली तथा १ लाख ५० हजार ४५४ विदेशी यात्रुले यात्रा गरेका थिए। सन् २०२५ मा बुद्ध एयरलाइन्समार्फत २५ लाख ५० हजार ६०१ नेपाली र १ लाख ७३ हजार ६३२ विदेशी यात्रुले सेवा लिएका थिए। सन् २०२६ मा हालसम्म २२ लाख ८३ हजार ९८७ नेपाली र १ लाख ६९ हजार ६४८ विदेशी यात्रुले यात्रा गरेका छन्।यस्तै, यति एयरलाइन्समार्फत सन् २०२४ मा ७ लाख २८ हजार ९४८ नेपाली र २ लाख ५ हजार १९६ विदेशी यात्रुले यात्रा गरेका थिए। सन् २०२५ मा ८ लाख ३ हजार ८०५ नेपाली तथा १ लाख ९१ हजार ५७७ विदेशी यात्रुले सेवा लिएका थिए। सन् २०२६ को हालसम्म २ लाख ९५ हजार ९९९ नेपाली र १ लाख ७ हजार ३१ विदेशी यात्रुले यति एयरलाइन्समार्फत यात्रा गरेका छन्।

हाल नेपालमा बुद्ध एयरलाइन्स, यति एयरलाइन्स र सौर्य एयरलाइन्स गरी तीन वायुसेवा कम्पनीले नियमित आन्तरिक उडान सञ्चालन गरिरहेका छन्। बुद्ध एयरलाइन्ससँग १६ वटा एटीआर–७२ र २ वटा एटीआर–४२, यति एयरलाइन्ससँग ७ वटा एटीआर–७२ तथा सौर्य एयरलाइन्ससँग २ वटा सीआरजे–२०० विमान सञ्चालनमा रहेका छन्।

तपाईको प्रतिक्रिया