स्थानीय बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य २० रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यता, चाँदीको मूल्य भने बढेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ३१० रुपैयाँ रहेको चाँदी बुधबार २० रुपैयाँले बढेर ४ हजार ३२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Online Arthik










