आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोसेयर खाता नवीकरण गर्ने प्रयोगकर्तालाई लक्षित गर्दै ‘१०० प्रतिशत उपहार’ योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार साउन महिनाभर सञ्चालन हुने यस योजनामा खल्तीमार्फत डिम्याट वा मेरोसेयर नवीकरण गर्ने प्रत्येक १५ दिनमा १०० जना भाग्यमानी प्रयोगकर्ताले आफूले तिरेको शुल्क बराबरको पूर्ण क्यासब्याक प्राप्त गर्नेछन्।

सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले डिम्याट खाताको वार्षिक नवीकरण शुल्क साउन १५ गतेभित्र बुझाउन आग्रह गरिसकेको छ। तोकिएको समयभित्र शुल्क नतिरे साउन १६ गतेदेखि डिम्याट खाता रोक्का हुन सक्ने र त्यसले सेयर खरिद–बिक्रीसहित पूँजीबजारसम्बन्धी कारोबारमा असर पार्न सक्ने भएकाले समयमै नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ। हाल डिम्याट खाताको वार्षिक नवीकरण शुल्क १०० रुपैयाँ र मेरोसेयर खाताको शुल्क ५० रुपैयाँ रहेको छ। प्रयोगकर्तालाई समयमै नवीकरण गर्न प्रोत्साहन गर्ने उद्देश्यले क्यासब्याक योजना ल्याइएको खल्तीले जनाएको छ।

खल्तीका अनुसार प्रयोगकर्ताले एपको ‘फाइनान्सियल सर्भिसेस’ अन्तर्गत रहेको ‘मेरोसेयर एन्ड डिम्याट रिन्युअल’ सेवामार्फत वा खल्ती पेमेन्ट गेटवेमार्फत सहज रूपमा शुल्क भुक्तानी गर्न सक्नेछन्। कम्पनीले घरमै बसेर २४सै घण्टा सुरक्षित रूपमा सेवा प्रयोग गर्न सकिने व्यवस्था गरिएको जनाएको छ।

तपाईको प्रतिक्रिया