सप्तकोशी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म १५ करोड ४ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ८ करोड ८ लाख २० हजार रुपैयाँको तुलनामा ८६.१८ प्रतिशतले बढी हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.४७ प्रतिशत घटेर २३ करोड ३४ लाख २५ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष सोही अवधिमा यो रकम २३ करोड ४५ लाख ३४ हजार रुपैयाँ थियो। यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी ०.१२ प्रतिशत घटेर ४ करोड २३ लाख ७५ हजार रुपैयाँ र कुल सञ्चालन आम्दानी २.७९ प्रतिशत घटेर २७ करोड ७८ लाख ३२ हजार रुपैयाँमा झरेको छ। तर सञ्चालन नाफा भने १३२ प्रतिशतले बढेर २४ करोड ७९ लाख ६५ हजार रुपैयाँ पुगेको छ। बैंकको वितरणयोग्य नाफा ५५ करोड ८८ लाख ५३ हजार रुपैयाँ ऋणात्मक रहेको छ। ८३ करोड ४३ लाख ३८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४४ करोड ८० लाख १० हजार रुपैयाँ सञ्चित छ। गत असार मसान्तसम्म बैंकको निक्षेप संकलन ६६.४८ प्रतिशतले बढेर ८ अर्ब ८८ करोड ५२ लाख रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १०.४१ प्रतिशतले बढेर ५ अर्ब ५६ करोड २५ लाख रुपैयाँ पुगेको छ।बैंकले खराब कर्जा अनुपात १०.६५ प्रतिशतबाट घटाएर ६.१५ प्रतिशतमा झारेको छ। साथै पूँजी कोष अनुपात ८.२९ प्रतिशतबाट बढेर ११.२९ प्रतिशत पुगेको छ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ६.६९ रुपैयाँबाट बढेर १८.०४ रुपैयाँ पुगेको छ। मूल्य–आम्दानी (पी/ई) अनुपात ४०.४८ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ ८६.७१ रुपैयाँ कायम भएको छ।

Online Arthik










