रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधा अन्तर्गत एक बीमितलाई ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ।

कम्पनीका अनुसार काठमाडौं शाखामार्फत २०७६ सालमा ‘रिलायबल सुलभ जीवन बीमा’ योजना अन्तर्गत २० वर्ष अवधिको १ करोड रुपैयाँ बीमाङ्कको जीवन बीमा गरेका हरि प्रसाद काफ्लेले सोही योजनासँग ५० लाख रुपैयाँ बराबरको पूर्ण अशक्तता सुविधा पनि लिएका थिए। पछि काफ्लेलाई पार्किन्सन रोग देखिएको र उनको अवस्था पूर्ण अशक्तता सुविधा प्राप्त गर्ने मापदण्डअनुसार रहेको पुष्टि भएपछि कम्पनीले उक्त सुविधा अन्तर्गत ५० लाख रुपैयाँ दाबी रकम भुक्तानी गरेको जनाएको छ।दाबी भुक्तानीसँगै काफ्लेले ५० लाख रुपैयाँ बराबरको बीमा शुल्क (प्रिमियम) छुट सुविधा पनि प्राप्त गरेका छन्, जसअनुसार अब बाँकी अवधिको सो बराबरको प्रिमियम कम्पनीले नै व्यहोर्नेछ।

रिलायबल नेपाल लाइफले छिटो, पारदर्शी र विश्वासयोग्य दाबी भुक्तानीमार्फत आफ्ना बीमितप्रतिको दायित्व पूरा गर्दै आएको उल्लेख गर्दै भविष्यमा पनि कठिन परिस्थितिमा ग्राहक तथा उनीहरूका परिवारलाई भरपर्दो आर्थिक सुरक्षा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ।

तपाईको प्रतिक्रिया