साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ६५ करोड ३१ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ८७ करोड ५० लाख ५ हजार रुपैयाँको तुलनामा २५.३६ प्रतिशतले कम हो।
लघुवित्तको खुद ब्याज आम्दानी २९.०८ प्रतिशत घटेर १ अर्ब २७ करोड ३९ लाख ७० हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यही शीर्षकमा १ अर्ब ७९ करोड ६३ लाख ७४ हजार रुपैयाँ आम्दानी भएको थियो। समीक्षा अवधिमा कुल सञ्चालन आम्दानी २९.६४ प्रतिशत घटेर १ अर्ब २७ करोड ५४ लाख ४९ हजार रुपैयाँ र सञ्चालन नाफा २७.१३ प्रतिशत घटेर ९३ करोड ७४ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष कुल सञ्चालन आम्दानी १ अर्ब ८१ करोड २७ लाख ७५ हजार रुपैयाँ र सञ्चालन नाफा १ अर्ब २७ करोड ६३ लाख ४४ हजार रुपैयाँ रहेको थियो।असार मसान्तसम्म संस्थाको वितरणयोग्य नाफा १ अर्ब ६४ करोड ८४ लाख ५४ हजार रुपैयाँ पुगेको छ। यस आधारमा लघुवित्तको लाभांश वितरण क्षमता ३३.४६ प्रतिशत रहेको देखिन्छ। अघिल्लो वर्ष वितरणयोग्य नाफा १ अर्ब ८४ करोड ९१ लाख ११ हजार रुपैयाँ तथा लाभांश क्षमता ४२.८८ प्रतिशत थियो।हाल लघुवित्तको चुक्ता पुँजी ४ अर्ब ९२ करोड ७१ लाख ७० हजार रुपैयाँ, जगेडा कोष ४ अर्ब ३३ करोड २८ लाख २० हजार रुपैयाँ र सेयर प्रिमियम १८ अर्ब २६ करोड ९७ लाख १३ हजार रुपैयाँ रहेको छ।यस अवधिमा निक्षेप तथा सापटी ७.१३ प्रतिशत बढेर २६ अर्ब ३८ करोड १७ लाख ५५ हजार रुपैयाँ पुगेको छ भने कर्जा लगानी ३.१८ प्रतिशत वृद्धि भएर ३५ अर्ब ३९ करोड २९ लाख ६७ हजार रुपैयाँ पुगेको छ।नाफा घटेसँगै प्रतिसेयर आम्दानी (EPS) पनि घटेर १३.२६ रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्ष २०.२९ रुपैयाँ थियो। यसैगरी मूल्य–आम्दानी अनुपात (P/E Ratio) ५६.७२ गुणा र प्रतिसेयर नेटवर्थ २२१.७६ रुपैयाँ कायम भएको छ।
यता, संस्थाको खराब कर्जा (NPL) पनि बढेको छ। अघिल्लो वर्ष २.६५ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षको अन्त्यसम्म २.९६ प्रतिशत पुगेको छ।

Online Arthik










