कुमारी बैंक लिमिटेडद्वारा प्रवर्द्धित तथा कुमारी क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन एवं डिपोजिटरी सेवा प्रदान गरिएको कुमारी सुनौलो लगानी योजना ले आर्थिक वर्ष २०८२/८३ का लागि करसहित ४.७० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

कुमारी क्यापिटलका अनुसार सञ्चालक समितिको साउन २१ गते बसेको ५८औँ बैठकले लेखापरीक्षण सम्पन्न वित्तीय विवरणका आधारमा उक्त प्रतिफल वितरण गर्ने निर्णय गरेको हो। लाभांश वितरण प्रयोजनका लागि साउन २१ गते बुक क्लोज गरिनेछ। त्यसैले साउन २० गतेसम्म इकाई कायम रहेका लगानीकर्तामात्र घोषित नगद प्रतिफल प्राप्त गर्न योग्य हुने कम्पनीले जनाएको छ। यो खुलामुखी सामूहिक लगानी योजना हो।यसैबीच, योजनाअन्तर्गत सञ्चालनमा रहेको लाभांश पुनः लगानी योजना (Dividend Reinvestment Plan) मा सहभागी हुन इच्छुक योग्य इकाइधनीलाई भदौ ४ गतेसम्म आवेदन दिन आग्रह गरिएको छ। यस योजनामा सहभागी हुने लगानीकर्ताले प्राप्त हुने नगद प्रतिफल बराबरको रकम पुनः सोही योजनामा लगानी गर्न सक्ने व्यवस्था गरिएको छ।इच्छुक इकाइधनीले कुमारी क्यापिटलको कार्यालयमा उपस्थित भएर आवेदन दिन सक्नेछन्। साथै, कम्पनीको वेबसाइटमार्फत पनि अनलाइन आवेदन गर्ने सुविधा उपलब्ध रहेको छ।

कम्पनीका अनुसार यसअघि नै पुनः लगानी योजनामा दर्ता भइसकेका इकाइधनीले पुनः आवेदन दिन आवश्यक पर्ने छैन। पुनः लगानी योजनामा सहभागी नहुने इकाइधनीको नगद प्रतिफल भने सम्बन्धित हितग्राही खातामा उल्लेखित बैंक खातामा प्रचलित नियमानुसार जम्मा गरिनेछ।

तपाईको प्रतिक्रिया