सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल पुनः आफ्नो जिम्मेवारीमा फर्किएका छन्।
कम्पनीले साउन २१ गते बसेको सञ्चालक समितिको १६१औँ बैठकको निर्णयअनुसार अर्यालले नियमित रूपमा कार्यालयमा उपस्थित भई कार्यसम्पादन सुरु गरेको जनाएको छ। अर्याललाई यसअघि कर्मचारी सेयर बाँडफाँटमा अनियमितता तथा किर्ते गरेको आरोपमा सीआईबी ले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो। तर, जिल्ला सरकारी वकिलको कार्यालयले दोस्रोपटक म्याद थप गर्न अस्वीकार गरेपछि उनी चैत १६ गते नै रिहा भएका थिए।
अब सञ्चालक समितिको निर्णयसँगै अर्याल पुनः कम्पनीको नेतृत्वमा फर्किएर नियमित रूपमा कार्यसम्पादन सुरु गरेका छन्।

Online Arthik










