होटल सिराईचुली लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आगामी भदौ १४ गते बस्ने तेस्रो वार्षिक साधारण सभामा आईपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव पेश गर्ने भएको छ।
साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा आह्वान गर्ने निर्णय गरेको हो। सभामा आईपीओबाट संकलन हुने रकमको उपयोगसम्बन्धी प्रस्ताव तथा निष्कासन प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरिनेछ। त्यसैगरी, सभाले आर्थिक वर्षको वित्तीय विवरण, वार्षिक प्रतिवेदन तथा अन्य नियमित प्रस्तावहरू समेत अनुमोदन गर्नेछ।
कम्पनीले आईपीओमार्फत सर्वसाधारणलाई स्वामित्वमा सहभागी गराउँदै प्राप्त पुँजीलाई व्यवसाय विस्तार र पूर्वाधार विकासमा परिचालन गर्ने लक्ष्य राखेको जनाएको छ।

Online Arthik










