नेपाली बजारमा शुक्रबार सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेर २ लाख ९६ हजार ९०० रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ४ हजार ५८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
अघिल्लो कारोबार दिन अर्थात् बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९६ हजार रुपैयाँ र चाँदी ४ हजार ५७० रुपैयाँ मा कारोबार भएको थियो।

Online Arthik










