आईएमई खल्ती लिमिटेड (खल्ती) ले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ मा आफ्ना प्रयोगकर्तालाई सहभागी गराउने व्यवस्था गरेको छ। अब खल्तीमार्फत १०० रुपैयाँभन्दा बढीको योग्य डिजिटल भुक्तानी गर्ने प्रयोगकर्ता स्वतः दैनिक तथा पाक्षिक उपहार योजनामा सहभागी हुनेछन्।

कार्यक्रमअनुसार हरेक दिन एक जना विजेताले कर कट्टीपछि १ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने हरेक १५ दिनमा एक जना बम्पर विजेताले १० लाख रुपैयाँ जित्ने अवसर पाउनेछन्। खल्तीका अनुसार योग्य कारोबारको विवरण सुरक्षित प्रणालीमार्फत स्वतः आन्तरिक राजस्व विभाग मा पठाइनेछ र योग्य कारोबार भएपछि उपहार कुपन पनि स्वतः सिर्जना हुनेछ। प्रयोगकर्ताले उक्त कुपन खल्ती एपमै हेर्न सक्नेछन्। आन्तरिक राजस्व विभागले प्रत्येक महिनाको १ र १६ गते स्वचालित प्रणालीमार्फत विजेता छनोट गर्नेछ। विजेतालाई मोबाइल फोन, इमेल तथा खल्तीका विभिन्न माध्यमबाट जानकारी गराइने कम्पनीले जनाएको छ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मी ले सरकारको डिजिटल कर प्रणालीलाई थप प्रभावकारी बनाउन सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै डिजिटल भुक्तानी, वित्तीय पारदर्शिता र औपचारिक अर्थतन्त्रको विस्तारमा खल्तीले निरन्तर योगदान गर्ने बताए।

तपाईको प्रतिक्रिया