ह्याप्पी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी अघि बढाएको छ। कम्पनीले आईपीओ निष्कासनको मुख्य प्रस्तावसहित आगामी भदौ २५ गते वार्षिक साधारण सभा बोलाएको छ। साउन २१ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको हाँडीगाउँस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो। सभामा सर्वसाधारणका लागि छुट्याइएको सेयर निष्कासन गर्ने तथा कम्पनीले प्रवद्र्धन गरिरहेका आयोजनाका लागि आवश्यक कर्जा सुविधा लिने विशेष प्रस्ताव पारित गरिनेछ। यस्तै, आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नुका साथै सोही अवधिका वित्तीय विवरणसमेत अनुमोदन गरिने कम्पनीले जनाएको छ।

Online Arthik









