कालिका लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८२/८३ मा १२ करोड २८ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ३ करोड ३ लाख ७३ हजार रुपैयाँ नाफा गरेको संस्थाको नाफा समीक्षा अवधिमा ३०४.६० प्रतिशतले बढेको हो।
गत आवमा लघुवित्तको खुद ब्याज आम्दानी ४७ करोड ९ लाख १८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ३५ करोड ६७ लाख ३१ हजार रुपैयाँ थियो। समीक्षा अवधिमा खुद शुल्क तथा कमिसन आम्दानी ७८ लाख ७९ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ५४ करोड २४ लाख ८३ हजार रुपैयाँ र सञ्चालन नाफा १८ करोड १८ लाख ३ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यी शीर्षकमा क्रमशः ४ करोड ८८ लाख १२ हजार, ४० करोड ८५ लाख ७५ हजार र ८ करोड २३ लाख १ हजार रुपैयाँ रहेको थियो। लघुवित्तको वितरणयोग्य नाफा ८ करोड २३ लाख ३९ हजार रुपैयाँ रहेको छ। यसअनुसार संस्थाको लाभांश क्षमता १९.६८ प्रतिशत रहेको छ। ४४ करोड ८४ लाख ६१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा २५ करोड २३ लाख ५ हजार रुपैयाँ सञ्चित छ। यता, संस्थाको खराब कर्जा भने बढेको छ। अघिल्लो आवमा ८.२७ प्रतिशत रहेको खराब कर्जा गत आवमा बढेर ९.७८ प्रतिशत पुगेको छ। गत असारसम्म लघुवित्तले २ अर्ब ३ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ अर्ब ७९ करोड ३५ लाख रुपैयाँ सापटी लिएको छ। सो अवधिमा कर्जा लगानी ५ अर्ब ३४ करोड ६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष निक्षेप १ अर्ब ६६ करोड २५ लाख, सापटी २ अर्ब ७९ करोड १७ लाख र कर्जा लगानी ४ अर्ब ७५ करोड ४५ लाख रुपैयाँ थियो।
नाफामा भएको वृद्धिसँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ। अघिल्लो वर्ष ७.४५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत आवमा बढेर २७.४० रुपैयाँ पुगेको छ। यस्तै, संस्थाको प्रतिसेयर नेटवर्थ १७८.७३ रुपैयाँ र मूल्य–आम्दानी अनुपात २८.२० गुणा रहेको छ।

Online Arthik









