टोयोटा नेपालले आगामी नाइमा एक्स्पो २०२६ को अवसरमा ग्राहकहरूका लागि आकर्षक छुट तथा विशेष योजना सार्वजनिक गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा साउन २६ देखि ३१ गते (अगस्ट ११ देखि १६) सम्म आयोजना हुने एक्स्पोमा टोयोटाका गाडी बुकिङ गर्ने ग्राहकले ३ लाख रुपैयाँदेखि २१ लाख रुपैयाँसम्म नगद छुट पाउनेछन्। कम्पनीका अनुसार उक्त छुट एक्स्पो अवधिमा गरिने बुकिङमा मात्र लागू हुनेछ।
एक्स्पोको अवसरमा टोयोटाले नेपाली बजारमा दुई नयाँ मोडलसमेत सार्वजनिक गर्ने तयारी गरेको छ। साथै, एक्स्पोमा गाडी बुकिङ गर्ने ग्राहकहरूमध्येबाट लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेता छनोट गरी जोडीसहित ‘इलिट एक्स्प्लोरर्स कन्याकुमारी ड्राइभ’मा सहभागी हुने अवसर प्रदान गरिनेछ।
त्यस्तै, नाइमा एक्स्पोमा टोयोटाका गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले कम्युनिटी ड्राइभमा सहभागी हुन पाउनेछन्। टोयोटा नेपालका अनुसार विशेष योजना ग्राहकलाई गाडी खरिदमा बचतको अवसर प्रदान गर्नुका साथै नयाँ प्रविधि, यात्रा र सामुदायिक अनुभवसँग जोड्ने उद्देश्यले ल्याइएको हो। कम्पनीले साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुने एक्स्पोमा सहभागी भई नयाँ मोडलको अवलोकन गर्न तथा विशेष अफरको लाभ लिन ग्राहकलाई आग्रह गरेको छ।

Online Arthik









