रिलायन्स स्पिनिङ मिल्सको खुद नाफामा गिरावट आएको छ। कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३९ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.१४ प्रतिशत कम हो। अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ४७ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको बिक्री आम्दानी भने सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीले १० अर्ब ४५ करोड रुपैयाँ बिक्री आम्दानी गरेको छ। अघिल्लो आवको सोही अवधिमा यस्तो आम्दानी १० अर्ब २३ करोड रुपैयाँ थियो। तर, अन्य आम्दानी ५ करोड २२ लाख रुपैयाँबाट घटेर २ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ। कम्पनीको प्रशासनिक तथा अन्य खर्च ३२ करोड १५ लाख रुपैयाँबाट बढेर ४५ करोड ५३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, बिक्री तथा वितरण खर्च १८ करोड २६ लाख रुपैयाँबाट बढेर २१ करोड ६३ लाख रुपैयाँ पुगेको छ। वित्तीय खर्च भने ४४ करोड ३४ लाख रुपैयाँबाट घटेर २६ करोड ९८ लाख रुपैयाँमा झरेको छ।
१ अर्ब ९० करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको कुल चालु सम्पत्ति ४ अर्ब ६८ करोड रुपैयाँ र कुल चालु दायित्व २ अर्ब २७ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २२.०४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ५०३.३२ रुपैयाँ, तरलता अनुपात २.०७ प्रतिशत र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७३६.५० रुपैयाँ कायम भएको छ।

Online Arthik








