भूमि समस्या समाधान समितिले नापजाँच भएको करिब चार वर्षपछि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ का ४२१ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।

साविक निलवाराही गाउँ विकास समिति वडा नं. २, ३, ४, ५, ६ र ७ अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७८/७९ मै सम्पन्न भएको थियो। उक्त क्षेत्र स्थानीय रूपमा ‘बोदे गाउँ’का नामले चिनिँदै आएको पुरानो नेवारी बस्ती हो। नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरण प्रक्रिया लामो समयदेखि रोकिएको थियो। आयोगबाट यसअघि नै नापनक्सा भइसकेका जग्गाको आवश्यक प्रक्रिया पूरा गरी ४२१ थान जग्गाधनी पुर्जा वितरण गरिएको हो।

जग्गाधनी पुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ४२१ परिवारले आफ्नो जग्गाको औपचारिक तथा कानुनी स्वामित्व प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया