सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १०६.६३ प्रतिशतले वृद्धि गर्दै ३९ करोड ८ लाख ४ हजार रुपैयाँ आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीले १८ करोड ९१ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन २५.८७ प्रतिशतले बढेर ८ अर्ब ९७ करोड ७१ लाख २० हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीले ७ अर्ब १३ करोड २१ लाख ४२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो। त्यस्तै, कम्पनीको खुद दाबी भुक्तानी २७.६९ प्रतिशतले बढेर ८ अर्ब ९१ करोड २७ लाख ८४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीले ६ अर्ब ९८ करोड १ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो।गत आर्थिक वर्षमा कम्पनीले ११ अर्ब १८ करोड ५० लाख ११ हजार रुपैयाँ कुल आम्दानी गरेको छ भने कुल खर्च १० अर्ब ७९ करोड ४२ लाख ६ हजार रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको कुल आम्दानी ९ अर्ब १९ करोड ८७ लाख १३ हजार रुपैयाँ र कुल खर्च ८ अर्ब ६४ करोड ९४ लाख ६१ हजार रुपैयाँ रहेको थियो।कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ। समीक्षा अवधिको अन्त्यसम्म सेयर प्रिमियममा ४४ करोड ९६ लाख रुपैयाँ, महाविपत्ती कोषमा २६ करोड ९४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४९ करोड ८३ लाख रुपैयाँ तथा अन्य इक्विटीमा ३६ करोड २६ लाख रुपैयाँ रहेको छ।

नाफामा भएको उल्लेख्य वृद्धिसँगै कम्पनीको प्रतिसेयर आम्दानी (EPS) पनि बढेको छ। अघिल्लो वर्ष ४.०३ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष बढेर ७.८२ रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १३१.६० रुपैयाँ रहेको छ।

तपाईको प्रतिक्रिया