माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको यो नाफा अघिल्लो आर्थिक वर्षको १ अर्ब ८८ करोड रुपैयाँको तुलनामा १२.२३ प्रतिशतले बढी हो।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४.८६ प्रतिशतले बढेर ९८ करोड १९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो मुनाफा ९३ करोड ६३ लाख रुपैयाँ रहेको थियो। बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ। अघिल्लो वर्ष ५ अर्ब ७६ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत वर्ष बढेर ६ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। यद्यपि, बैंकको खराब कर्जा अनुपात सामान्य बढेको छ। अघिल्लो आर्थिक वर्ष ३.९६ प्रतिशत रहेको खराब कर्जा अनुपात गत वर्ष ३.९८ प्रतिशत पुगेको हो। बैंकले लागतकोष (Cost of Fund) भने घटाएको छ। अघिल्लो वर्ष ४.२३ प्रतिशत रहेको कस्ट अफ फन्ड घटेर ३.२७ प्रतिशतमा झरेको छ। बैंकको सीडी रेसियो ७८.४५ प्रतिशत, बेस रेट ५.०४ प्रतिशत र रिटर्न अन इक्विटी (ROE) १०.३६ प्रतिशत रहेको छ।चौथो त्रैमाससम्म बैंकको निक्षेप संकलन १ खर्ब ८४ अर्ब रुपैयाँबाट बढेर २ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा प्रवाह पनि १ खर्ब ४१ अर्ब रुपैयाँबाट बढेर १ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ।

नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (EPS) पनि बढेको छ। अघिल्लो आर्थिक वर्ष १५.५९ रुपैयाँ रहेको ईपीएस गत वर्ष बढेर १७.४९ रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १६९.९ रुपैयाँ, पीई रेसियो १४.१८ गुणा र तरलता अनुपात ३२.९३ प्रतिशत कायम भएको छ।

तपाईको प्रतिक्रिया