दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म २ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दै नाफामा फर्किएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनी ७ करोड ५ लाख रुपैयाँ घाटामा रहेको थियो।

समीक्षा अवधिमा कम्पनीले २३ करोड १४ लाख रुपैयाँ कुल आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको २६ करोड २२ लाख रुपैयाँको तुलनामा ११.७६ प्रतिशतले कम हो। कम्पनीको प्रशासनिक खर्च २ करोड ७६ लाख रुपैयाँ, विद्युत् उत्पादन खर्च ४ करोड ३१ लाख रुपैयाँ र वित्तीय खर्च ८ करोड २१ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको वित्तीय खर्च १९ करोड ४ लाख रुपैयाँ रहेको थियो। वित्तीय खर्चमा आएको उल्लेख्य कमीले कम्पनीलाई नाफामा फर्किन सहयोग गरेको देखिन्छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १.४२ रुपैयाँ रहेको छ। त्यस्तै, प्रतिसेयर नेटवर्थ १०३.३० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २०३.२२ रुपैयाँ, मूल्य आम्दानी अनुपात (पीई रेसियो) १७३.७६ गुणा र तरलता अनुपात १.८६ प्रतिशत कायम भएको छ।

तपाईको प्रतिक्रिया