प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा हुने क्रम बढेसँगै कुल मौज्दात १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६ सय ६ रुपैयाँ पुगेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार कोषमा रहेको रकममध्ये ९ वटा वाणिज्य बैंकका खातामा १० अर्ब ८ करोड ४३ लाख ८ हजार ५ सय १७ रुपैयाँ तथा दुई वाणिज्य बैंकका खातामा २ करोड ३६ लाख १२ हजार ५ सय ९६ अमेरिकी डलर मौज्दात रहेको छ।

यसअघि बाढी प्रभावित क्षेत्रको राहत तथा पुनःस्थापनाका लागि कोषबाट १ अर्ब रुपैयाँ निकासा भइसकेको छ। उक्त रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत प्रभावित क्षेत्रमा पठाइएको हो।

तपाईको प्रतिक्रिया