स्नो रिभर्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको प्रस्तावलाई विद्युत् नियमन आयोगले पूर्वस्वीकृति प्रदान गरेको छ।
कम्पनीको भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र लाभांश कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो। बोनस सेयरको पूर्वस्वीकृतिका लागि कम्पनीले भदौ १५ गते आयोगमा निवेदन दिएकोमा आयोगले भदौ २६ गते स्वीकृति दिएको हो।
आयोगबाट पूर्वस्वीकृति प्राप्त भइसकेकाले अब कम्पनीको आगामी वार्षिक साधारण सभाबाट प्रस्ताव पारित भएपछि तथा आवश्यक प्रक्रिया पूरा गरेपछि सेयरधनीलाई उक्त लाभांश वितरण गरिनेछ।

Online Arthik









