सिटिजन्स सुपर ३० म्युचुअल फण्डले इकाइधनीलाई ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। फण्डको कोष व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडको भदौ २६ गते बसेको १५२औँ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफा तथा सञ्चित कोषबाट करसहित उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लाभांश वितरण प्रयोजनका लागि असोज ८ गते एक दिन इकाइधनी दर्ता किताब बन्द रहनेछ। त्यसअनुसार असोज ७ गतेसम्म कायम रहेका इकाइधनीले ५.२५ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन्।

तपाईको प्रतिक्रिया