सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २२औँ वार्षिक साधारण सभा असोज २२ गते आयोजना गर्ने भएको छ। बैंकको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा बिहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो।

सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने करसहित ६.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसअनुसार बैंकले कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।यस्तै, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसनसम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई आवश्यक अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुनेछ।सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित गर्ने तथा चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ।

बैंकले सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज ८ गतेदेखि २२ गतेसम्म बुक क्लोज गर्ने भएको छ। त्यसैले असोज ७ गतेसम्म कायम शेयरधनी लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।

तपाईको प्रतिक्रिया