हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सेयरको लकइन अवधि समाप्त भएसँगै कम्पनीका आधारभूत सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको ठूलो परिमाणको सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएका छन्।
लकइन अवधि सकिएपछि कम्पनीका आधारभूत सेयरधनीबाट सेयर बिक्रीसम्बन्धी पूर्वसूचना आउन थालेको हो। पछिल्लो पटक आधारभूत सेयरधनी अम्बिका शर्मा लामिछानेले २ लाख कित्ता सेयर बिक्री गर्न प्रक्रिया अघि बढाएकी छन्। लामिछानेले सेयर बिक्री गर्ने मनसायसहित कम्पनीमा निवेदन दिएपछि हाथवे इन्भेष्टमेन्टले नियमानुसार उक्त जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई गराएको छ।यसअघि आधारभूत सेयरधनी सुमित प्रधानले ३ लाख ४८ हजार ६८६ कित्ता र मनिष ढकालले ३ लाख ३७ हजार ६१ कित्ता सेयर बिक्रीका लागि कम्पनीमा निवेदन दिएका थिए। दुवैको सेयर बिक्रीसम्बन्धी जानकारी कम्पनीले यसअघि नै नेप्सेलाई गराइसकेको थियो।
यससँगै सार्वजनिक विवरणअनुसार प्रधान, ढकाल र लामिछाने गरी तीन आधारभूत सेयरधनीले कुल ८ लाख ८५ हजार ७४७ कित्ता सेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएका छन्।

Online Arthik










