प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन आज अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन्। उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडानमार्फत न्युयोर्क जाने कार्यक्रम छ।

महासभाको उच्चस्तरीय सत्रअन्तर्गत प्रधानमन्त्री शाहले असोज ८ गते अर्थात् सेप्टेम्बर २४ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। महासभामा परराष्ट्रमन्त्री शिशिर खनालसहित नेपाली अधिकारीहरूको पनि सहभागिता रहनेछ। न्युयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ।प्रधानमन्त्रीको टोलीमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र फोटोग्राफर विनय शाक्यलगायत सहभागी हुनेछन्।

प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्कने कार्यक्रम छ। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमणसमेत हो।

तपाईको प्रतिक्रिया