नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँ र चाँदीको मूल्य ४० रुपैयाँले वृद्धि भएको हो।
आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला ४ हजार ८१५ रुपैयाँ पुगेको छ।
मंगलबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँ र चाँदी ४ हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो।

Online Arthik










