विश्व बजारमा ऊर्जा मूल्यवृद्धि र आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण टर्कीमा डिजेलको मूल्य पहिलोपटक प्रतिलिटर १०० टर्की लिरा नाघेको छ। कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुग्नु तथा हर्मुज जलडमरुमा आपूर्ति अवरोधको चिन्ताले टर्कीको इन्धन बजारमा थप दबाब परेको हो।
इन्धन महँगिएपछि यसको असर यातायात, खाद्यान्न, घरभाडा र दैनिक उपभोग्य वस्तुको मूल्यमा देखिन थालेको छ। न्यूनतम ज्यालामा निर्भर ठूलो जनसंख्या र पेन्सनमा जीवनयापन गर्ने वर्ग थप प्रभावित भएको बताइएको छ। टर्की सरकारले मुद्रास्फीति नियन्त्रणको प्रयास गरिरहेको भए पनि ऊर्जा मूल्यवृद्धिले त्यसलाई चुनौती दिएको छ। अर्थमन्त्री मेहमेत सिमसेकले बाह्य कारणले मूल्यवृद्धि नियन्त्रणको गति अपेक्षाभन्दा सुस्त भएको बताएका छन्।
ऊर्जा मन्त्री अल्परस्लान बायरकतारले रूस–युक्रेन द्वन्द्व र क्षेत्रीय तनावका कारण उत्पन्न अवस्थालाई अर्थतन्त्रमा परेको ठूलो बाह्य दबाबका रूपमा व्याख्या गरेका छन्।

Online Arthik










